Popular Posts

Sunday, September 18, 2011


नेपाली मुलका युवा इबेका ठूला विक्रेता

राजधानी समाचार 
काठमाडौं, २८ भदौ
नेपालबाट गएका एक युवा बेलायतको अनलाइन अक्सन वेबसाइट इबेको सबैभन्दा ठूला बिक्रेता बनेका छन् ।
सन् २००२ को नोभेम्बरमा सुदीप गौतमका रूपमा बेलायत छिरेका र अहिले डारियो लोपेज बनेका उनले त्यहाँ मोबाइल फोनका पार्टपर्ुजाको कम्पनी खोलेका थिए । उनको कम्पनीले अहिले १३ जनालाई रोजगारी दिएको प्राप्त समाचारमा उल्लेख छ । यसको वाषिर्क कारोबार ३० लाख पाउन्डभन्दा बढी छ । लन्डनमा पहिलो पसल खोलेका लोपेजले आफ्ना पसलहरूको सञ्जाल विश्वभर विस्तार गर्ने उद्देश्य राखेका छन् । इबेका एक प्रवक्ताले उनी सो साइटका सबैभन्दा ठूला व्यक्तिगत बिक्रेता बनेको पुष्टि गरे । चेन स्टोरहरूको चर्को प्रतिस्पर्धाबीच उनले यस्तो सफलता हासिल गरेको पनि उनले बताए । 
गुल्मीको अमरपुर गाविसबाट बेलायत छिरेका लोपेजले १३ वर्षो उमेरमै व्यवसाय थालेको बताइएको छ । उनी बाबु भेट्न आमासँगै बेलायत गएका थिए । त्यहाँ पुगेको दर्ुइ वर्षछि उनले सो वेबसाइटमार्फ पहिलो बिक्री गरेका थिए । 
लन्डन म्याजिक स्टोर भनिने उनको अनलाइन सपले मोबाइल फोनका नयाँनयाँ पार्टपर्ुजामा विशेषज्ञता हासिल गरेको बताइन्छ । सो पसलले पाँच वर्षन्दा कम समयमा ६ लाखभन्दा बढी बिक्री गरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।
'मैले केही कुराको लागि पैसा चाहियो भनेर आमालाई ढाँटेर वेबसाइट रजिस्टर गर्न उहाँको क्रेडिट कार्ड प्रयोग गरें,' उनले बीबीसीसँग भनेका छन्, 'यदि मैले उहाँलाई वेबसाइट दर्ता गर्न १० पाउन्ड चाहियो भनेको भए उहाँले मलाई कार्ड प्रयोग गर्नै दिनुहुन्थेन । जसले मलाई सन् २००४ मा सिम कार्ड बिक्री सुरु गर्न सक्ने बनायो ।'
सन् २००४ मा सो पसलमा सिमकार्डको मूल्य १० पाउन्ड पर्दा उनले त्यसका लागि ५० पीमा सिमकार्ड दिन सक्ने आपर्ूर्तिकर्ता भेट्टाउन सकिन्छ भन्ने सोचे । अहिले उनी एक दिनमा २ हजारभन्दा बढी आइटम इबेमा बिक्री गर्छन् र उनको लन्डन म्याजिक स्टोरबाट त्योभन्दा बढी बिक्री हुन्छ । 
सिमकार्ड बेच्दै जाँदा कन्जुमर इलेक्ट्रोनिक्समा आफ्नो रुचि बढ्दै गएको पनि उनले बताए । इबेको नम्बर एक बिक्रेता हुन पाउँदा आफू खुसी लागेको उनको प्रतिक्रिया थियो । विगत वर्षरूमा उनी दोस्रो र तेस्रो नम्बरमा परेका थिए । 
आफूहरूले सोधखोज र गुनासोको जवाफ फर्काउने काममा कठोर परिश्रम गरेर यो सफलता हासिल गरेको उनको भनाइ छ । सन् २००९ मा कम्पनीले तीव्र गतिको विस्तार हासिल गरेका बेला उनी घर जान नभ्याएर कार्यालयमै सुत्ने गरेको बताउँछन् । 
'म बिहानतिर एक घन्टा मात्रै सुत्न जान्थें र ६ बजेबाट फेरि काम गर्न थाल्थें,' उनले भने । नेपालमा यस्तो व्यवसाय सुरु गर्न नसक्ने उनले बताए । 'व्यवसाय सुरु गर्न ठूलो पैसा चाहिन्छ । हुलाक प्रणाली विश्वसनीय छैन र धेरै नेपालीले कम्प्युटर चलाउँदैनन् । यसका अतिरिक्त सुदूरपर्ूवबाट आयात गर्नु कठिन हुन्छ । त्यहाँ बेलायतको जस्तो सजिलो छैन,' उनले भने । दर्ीघकालमा भने नेपालमा पनि यस्तै व्यवसायमा लगानी गर्ने र सोसियल नेटवर्किङ सञ्जाल सुरु गर्ने योजना रहेको उनले बताए । 'तर, फेसबुक र टि्वटरभन्दा फरक,' लोपेजले भने । 

No comments:

Post a Comment